
पोखरा, मंसीर १४ ।माधब पनेरु,
भारतले नेपालमा नाकाबन्दी गरेपछि घोषित रुपमै भारतिय नम्वर प्लेटका गाडीमाथि आक्रमण गर्ने विप्लव माओबादीको कार्यक्रम सार्वजनिक भएपछि देशभर भारतिय दुतावास तथा भारतिय नम्वर प्लेटका गाडीहरुमा आगजनी तथा तोडफोड हुन थालेको छ ।
यसैबिच आईतबार राति पोखराको लेकसाईडमा एक भारतिय गाडी माथि माओबादी कार्यकर्ताहरुले आगजनी गरेका छन । आगजनीका कारण गुजरातबाट पोखरा आएका भारतीय यात्रुहरु सवार युपी ५१ पी ८३११ नं को बस पुर्णरुपमा क्षेतिग्रस्त भएको छ ।
लेकसाइडको डिहिकोपाटनमा बस जलेर नष्ट भएको कास्की प्रहरीले जानकारी दिएको छ । मध्येरातमा गाडीमा रहेका स्टाफहरु सुतिरहेको अबस्थामा केही मानिसहरुले गाडीमा आगो लगाएको बताईएको छ । आगजनीको जिम्मा भने हालसम्म कसैले पनि लिएको छैन ।
यद्यपि बिप्लव माओबादीले भारतिय गाडीमा आगजनी र तोडफोड गर्दे आएका कारण माओबादीले नै लगाएको हुन सक्ने आशंका गरिएको छ ।
