
पोखरा, मंसिर १६, माधब पनेरु,
कास्कीमा मदन भण्डारी स्पोर्टस् एकेडेमि गठन गरिएको छ । नव गठीत एकेडेमीको कास्की जिल्लाको नेतृत्व ऋषिराम गौतमले गरेका छन । पोखरामा एक भेलाको आयोजना गरि २१ सदस्यिए कमिटि गठन भएको बुधबार एक कार्यक्रमको आयोजना गरि जानकारी दिईयो । हाल १६ सदस्य रहेका र बाँकी ५ जना पछि थप गरिने समीतीले जनाएको छ ।
समितिको उपाध्यक्षमा कुमार गुरुङङ्ग र लुना गुरुङ , सचिवमा कृष्ण तिमल्सीना, सह–सचिवमा खगेन्द्र क्षेत्रि, कोषाध्यक्षमा नविन पाईजा पुन रहेका छन । त्यसैगरि सदस्यहरुमा चन्द्र बहादुर पुन,राजु गुरुङ,कृष्ण दवाडी, तेज बहादुर पुन, बिमल मान गुवाजु लगायतका रहेका छन ।
सोही कार्यक्रममा सभाषद तथा एकेडेमिका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले खेलकुद क्षेत्रमा खेलाडीकै पहुँच हुनु पर्ने बताए । नेपालमा पञ्चायत कालमा खेल क्षेत्र पन्चे र गुण्डाहरुको जमघट हो भन्ने मानसिकता थियो भने अहिले फेरी राजनितिक दलहरुको पकड भन्दा बाहिर जान नसकेको उनले बताए । खेलको बिकास र बिस्तारका लागि एकेडमि गठन गरेको भन्दै आफुहरु राजनितिक दवाव र आस्थाका आधारमा मात्र काम नगर्ने श्रेष्ठले दावि गरे । नेपालमा ब्यबशायिक हिसावले खेललाई अगाडी बढाउन नसकिएको उनको भनाई थियो । राज्यले खेल क्षेत्रलाई बिषेश प्राथमिकतामा राख्न नसक्नुनै यसको समस्या रहेकोमा उनले जोड दिए ।
कार्यक्रममा प्लटिङ ब्यबशायि तथा एकेडेमिका केन्द्रीय सदस्य राजेश गुरुङले लुम्लेमा गएको बिनासकारी पहिरोबाट पिडित बनेकी संगिता बि.क लाई पच्चीस हजार नगद सहयोग गरे ।
२०६६ सालमा स्थापना भएको मदन भण्डारी स्पोर्टस एकेडेमीले छिट्टै बिभिन्न खालको प्रतियोगिता सञ्चालन गर्ने सो अबसरमा जानकारी दिईएको थियो ।
