
पोखरा,१८ मंसिर,माधब पनेरु , भारतले नाकाबन्दी खोलिदिने संकेत गरेपछि नेपाल भारत सिमा क्षेत्रमा मानिसहरुको चहलपहल सुरु भएको छ । प्राप्त जानकारी अनुसार अब नाकामा भएको आन्दोलनमा समेत भारतिय नागरीक र त्यहाँस्थित ब्यापारीहरुले बिरोध गर्न थालेपछि मोर्चा पनि लचिलो भएर बार्तामा प्रस्तुत हुने रणनितिमा रहेको छ । थारुहट तराई पार्टीको अध्यक्ष गोपाल दहितले बिग एफ.एम संगको कुराकानीमा भने ः अब हामि पनि लचिलो हून्छौ । सबै माग पुरा गर्नुपर्छ भन्ने होईन राष्ट्रिय सहमतिको लागि लिनदिन सकिन्छ तर सरकारमा रहेका दलहरुले ईच्छाशक्ति देखाउनु प¥यो । उनका अनुसार एमाओबादी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको संघियताको पछिल्लो खाका अनुसार सहमति खोजिनेछ । जसमा तराईकेन्द्रीत दलहरुले पनि सहमति जनाउने संकेत गरेका छन ।
आफुहरुको र मधेषिका मागहरुमा अन्तर नभएको भन्दै उनले अंङ्गिकृत नागरिकता भने आफुहरुको माग भित्र नपर्ने बताए । मधेष र थारुहरुलाई नेपाली नदेख्ने सक्ताको बिरु्द्धमा आफुहरुले आन्दोलन गरेको दहितको दावि छ । भारतिय सिमामा गएर आश्रय लिएको बिषयलाई उनले सबैले बिगत देखि गरेको ईतिहास दाहोरिएको मात्र हो भनेका छन ।
यसैबिच पूर्वी नाका काकरभिट्टा र विराटनगरको रानी भन्सार नाकाबाट बिहीबार रातिसम्म ६१ ट्यांकर इन्धन नेपाल भित्रिएको छ । भन्सार कार्यालयका अनुसार विराटनगरको रानीभन्सारबाट १४ ट्यांकर पेट्रोल, ३२ ट्यांकर डिजेल नेपाल भित्रिएको छ । त्यस्तै सोही नाकाबाट दुई सय ४४ ट्रक तथा कन्टेनर मालबाहक सवारी भित्रिएको छ । त्यस्तै पूर्वी नाका काकरभिट्टाबाट १० ट्यांकर डिजेल, चार ट्यांकर पेट्रोल र एक ट्यांकर हवाई इन्धन दुई ट्यांकर मट्टितेल भित्रिएको छ । त्यस्तै एक सय ५५ मालबाहक सवारी भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।
