६ हजारमा ग्यास पाईन्छ , कालोबजारीयाहरु मालामाल , सीमामै रोकिए साढे चार लाख सिलिण्डर ग्यास

210
0
Share:

पोखरा, १८ मंसिर, विग न्युज। भारतको अघोषित नाकाबन्दीका कारण काठमाडौंसहित देशभर ग्यासको चरम अभाव छ । धेरैको घरमा चुलो बल्न छाडेको छ । मानिसहरु दाउराकोे जोहो गरेर समेत दैनिकी टार्न नसक्ने अबस्थामा पुगेका छन । अब दाउरा पनि अभाव हुन थालेको छ । बजारमा सबै कुराको अभाव संगै ग्यास, दाउरा र ईन्धन अभावको चपेटामा परेमा नेपालीहरुले अब कालोबजारी बाट पाएको ईन्धन देखि सबै सामाग्री खरिद गर्नुको बिकल्प देखिएको छैन । कि प्रसासनले ब्यबस्था गरिदिनुपर्छ कि कालोबजारी बाट भएपनि किनेर दिन काट्न चाहनेलाई रोक्न हुदैन , पोखराको पृथ्वीचोकमा भेटिएकी एक गृहणीले भनिन ।
बजारमा ईन्धन बितरण नभएको आधा महिना भैसक्यो तर पनि सवारी साधन पहिला भन्दी बढी गुड्न थालेका छन । एक उपभोक्ताले भने सबै कालोबजारीको ईनधनले नै चलेको छ ।
बजारमा पछिल्लो समय खानो पकाउने ग्यासको पनि अभाव हुन थालेको छ । एउटा भरिएको सिलिण्डरलाई ६ हजार हालेर किन्ने गरेको भेटिएको छ । कालोबजारीको ग्यास कहाँबाट आयो भन्ने अहिलेसम्म आधिकारीक रुपमा थाहा पाउन नसकीएपनि पहँुचवालाहरु र सरोकारवालाहरु बाट नै कालोबजारी भएको हुन सक्ने अनुमान गरिएको छ । केहीले सिमा क्षेत्रमा गएर पनि ल्याउने गरेका छन । एकातिर अभाव र अर्को तिर चर्को पैसा तिरेपछि भने सहजै पाईने अबस्था नै अहिलेको बजारको स्थिति हो । मानिसहरुको क्रय शक्ति घट्ने र खर्च बढ्ने स्थिति लामो समय रहने हो भने गरिविको संख्या बढ्ने र अनियन्त्रीत अर्थतन्त्र र्निमाण हुने खतरा भएको बिज्ञहरुको भनाई छ ।

सिमामा छ ,चार लाख सिलिण्डर
भारतीय सीमा क्षेत्रमा झण्डै साढे चार लाख सिलिण्डर भर्न मिल्ने ग्यास भने भारतीय सीमा क्षेत्रमा लामो समयदेखि अलपत्र छ ।
नेपाल आयल निगमका अनुसार भारतीय सीमा क्षेत्रमा नेपालमा झण्डै ३ सय ५० ग्यास बुलेट अलपत्र परेका छन् । एक बुलेटबाट १२७० सिलिण्डर भर्छ । यस आधारमा साढे ४ लाख सिलिण्डर हुन्छ । अहिले सरकारले विक्री गरे जस्तो आधा सिलिण्डर मात्र भर्ने हो भने झण्डै ९ लाख वटा सिलिण्डरमा आधा ग्यास पुग्नेछ ।
वीरगञ्ज रक्सौल नाकामा अवरोध भएपछि रिरुट गरेर सुनौलीबाट समेत ल्याउने प्रयास समेत भएको थियो । तर, त्यसमा पनि भारतीय पक्षले पूर्वप्रतिवद्धता अनुुसार सहयोग नगरेको नेपाली अधिकारीहरुको गुनासो छ ।
भारतीय सीमा सुरक्षा बल एसएसबी र भन्सार कार्यालयहरुले विभिन्न बाहना बनाएर भन्सार पास दिन आनाकानी गरेका छन् ।
नेपालगञ्ज नाका केही दिनदेखि तनावमा छ । मधेसी मोर्चाका कार्यकर्ताले सीमामा धर्ना थालेका छन् । भैरहवा नाकामा मधेसी मोर्चाको अवरोध नभएपनि भारतीय पक्ष नै भन्सारले पास गर्न ढिलाइ गरेको छ ।   सुनौली नाकामा मात्र १ सय १७ र रुपैडियामा १८ वटा ग्यास बुलेट अलपत्र परेका छन् । अन्य नाकामा पनि केही बुलेट ग्यास रोकिएका छन् ।
वीरगञ्जमा नाकाबन्दी सुरु भएकै बेलादेखि रोकिएका २ सय ८ वटा बुलेट छन् । यी बुलेटलाई नेपाल आउन रिरुटको अनुमति दिइएको छैन । रिरुट गरेर ल्याइएका बुलेटहरु पनि सुनौलीमा भारतले रोकेको छ ।   बिराटनगर र मेची भन्सारबाट सामान्य संख्यामा बुलेट आइरेकाले पूर्वी क्षेत्रमा अन्य क्षेत्रभन्दा समस्या कम रहेको आयल निगमले जनाएको छ । काठमाडौंमा ग्यास वितरण गर्ने उद्योगका बुलेट आउने सुनौली नाकामा १ सय १७ बुलेट रोकिँदा सबैभन्दा बढी प्रभाव पनि काठमाडौंमा देखिएको छ ।
भारतबाट भित्रिने केही बुलेटमार्फत आधा सिलिन्डर भरेर बजारमा ल्याउने क्रम चलिरहेका बेलामा बुलेट आउनै छोडेपछि थप संकट उत्पन्न भएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । ‘

कमेन्ट गर्नुहोस्
Share: