
माधब भुसाल पोखरा, मंसीर १८ । बिगत ४ बर्षदेखी पोखरामा रहेर फेसन कोरियोग्राफी गर्दै आएका कोरियोग्राफर अरुण गिरीले आफ्नै भाग्यलाई दोष दिएका छन् । तर रियल लाइफमा भने होइन । गिरीद्धारा अभिनित गायक जितेन लेप्चाको ‘तिम्रो जस्तो’ बोलको गितमा भिडियोको कथाबस्तु नै त्यस्तै छ । गिरीलाई साथ दिएकी छिन् रक्षीता अधिकारीले ।
‘गितको हरेक शब्दलाई भिडियोमार्फत उतार्ने कोशिस गरेको छु, समग्रमा भिडियो राम्रो बनेको छ’ आधा दर्जन गितमा अभिनय गरिसकेका गिरी भन्छन् ‘गित अनुसारको भिडियोको कथावस्तुलाई न्याय गरेको छु।’ म्युजिक भिडियोबाट विस्तारै अब फिल्म तिर पनि अघि बढ्ने उनको भनाई छ ।
गायक लेप्चाको एल्बम ‘तिमी बिना’मा सामवेश गरिएको सो गित कोपिला राइले लेखेकि हुन् भने संगीत प्रमोद मोक्तानले दिएका छन् । अनुप गिरीको निर्देशनमा बनेको उक्त भिडियोलाई खिचेका हुन् मिलन शंकरले ।
गितलाई एशियन म्युजिकले बजारीकरण गरेको छ ।
