
२१ मंसिर, काठमाडौं ।
व्यवस्थापिका संसदको बैठक सोमबार पनि अबरुद्ध भएको छ । मधेसी मोर्चाका सांसदहरुले बैठक अबरुद्ध पारेका हुन् । बैठक सुरु भएलगत्तै आ-आफ्नो स्थानबाट उठेर मोर्चामा आबद्ध दलका सांसदहरुले नाराबाजी गरेका थिए ।
आजको बैठकमा संविधान संशोधन प्रक्रिया सुरु गर्ने कार्यसूची भए पनि अवरोधका कारण हुन सकेन । संसद बैठक मंसिर २४ गते ३ बजेसम्मका लागि स्थगित भएको छ ।
कमेन्ट गर्नुहोस्
