‘पीपलडाली मसला’ छैठौँ बिग आईकनको ‘सब–स्पोन्सर’

Share:

रञ्जन अधिकारी पोखरा, २१ मंसिर । प्रतिष्ठित गायन रियालिटि शो बिग आईकनको छैठौँ सँस्करणको ‘सव–स्पोन्सर’ को रुपमा देउराली टेस्ट एण्ड फ्लेवर ईण्डष्ट्रिजको ‘पीपलडाली’ मसला जोडिएको छ । सोमबार बिग एफएमका मार्केटिङ म्यानेजर कमल बराल र उद्योगका मेनेजिङ डाईरेक्टर बिनोद अधिकारीबीच छैठौँ विग आईकनको ‘सव–स्पोन्सर’ ‘पीपलडाली’ मसला हुने विषयमा सहमति भएको हो ।

सहमतिपत्रमा हस्ताक्षरपछि बिग एफएमका मार्केटिङ म्यानेजर कमल बरालले मुलुकभर विस्तार हुने लक्ष्य लिएर पोखरामै स्थापित ठुलो मसला उद्योगसँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशि लागेको बताए । ‘यो दुवै पक्षको लागि फाईदाजनक हुनेछ ।’ बरालले भने–‘बिग आईकनमा यो सहयोग साह्रै लाभदायी त हुनेछ नै, यसले पीपलडाली मसलाको बजार प्रवद्र्धनमा पनि सघाऊ पुग्नेछ ।’

त्यस्तै, उद्योगका मेनेजिङ  डाईरेक्टर अधिकारीले पोखरामा व्यवसाय शुरुवात गरेसँगै विग आईकनजस्तो ईभेन्टमा जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । ‘हामीले मुलुकभर बजार विस्तार गर्ने गरी उद्योग सुरु गरेका छौं । हाललाई पश्चिमाञ्चलभर ब्राण्डिङ गर्नु छ ।’ अधिकारीले भने–‘आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्नेछौं ।’

पोखरा २० ¥यालेचौर (साविक भलाम गाविस) मा रहेर तीन करोड लगानीमा असोज तेस्रो सातादेखि मसला उद्योग स्थापना भएको हो । चालिस बढि जडिबुडीयुक्त ६० भन्दा बढि प्रकारका मसलाजन्य पद्धार्थ उत्पादन भईरहेको छ । अहिले पोखरा बजारमा स्थापित हुँर्दै एक वर्षभित्र नै पश्चिमाञ्चलका सबै जिल्लामा पु¥याउने तयारीमा अघि बढेको र नेपालभर नै पीपलडाली मसलाको बजार विस्तार गर्ने लक्ष्य लिएको उद्योग सञ्चालक कृष्णराज बास्तोलाले बताए । मिट मसला, मिक्स मसाला, मःम मसाला, चाउमिन मसला, चाट मसला लगायतका पाँच दर्जन बढि थरीका मसला उद्योगबाट उत्पादन हुन्छ । दुई महिना अवधिमै उपभोक्ताले फरक र स्वादिलो स्वाद महसुस गरेको उद्योगले जनाएको छ । हाललाई उद्योगबाट मसला उत्पादनमै जोड दिने र बजार विस्तारपछि सुप, क्युप तथा चाउचाउ, बिस्कुट समेत उत्पादन गर्ने लक्ष्य रहेको छ । अन्य मसलाको तुलनामा यहींबाट उत्पादित पीपलडाली मसला स्वादिलो र जडिबुडीयुक्त भएको दाबी गर्दै उपभोक्ताले ताजा उपभोग गर्न समेत पाउने उद्योगले जनाएको छ ।

शीघ्र शुरु हुने छैठौँ सँस्करणको विग आईकनमा हालसम्म टाईटल स्पोन्सरको रुपमा सामसुङ मोबाईल, सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स नेपाल, प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी र पोखरा सिने प्लेक्स, सपोर्टेड बाई टाईटलमा एब्स्ट्रयाक्ट एजुकेशन नेटवर्क, टेलिभिजन पार्टनरमा एभिन्यूज टेलिभिजन, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाईन पार्टनरमा जक्शन डटकम, म्यागेजिन पार्टनरमा ‘यस’ म्यागेजिन, होटल पार्टनरमा होटल बाराहि, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट न्युरोड, बैंकिङ पार्टनरमा गरिमा विकास बैंक र ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।

छैठौँ बिग आईकनमा सहभागिताको लागि यतिबेला एफएमले निःशुल्क रुपमा आवेदन फाराम वितरण गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: