
पोखरा, २२ मंसिर । नाकाबन्दीको कारण पेट्रोलको अभाव खेपीरहेका पोखरा र लेखनाथका बासिन्दाले बुधबार पेट्रोल पाउने भएका छन् । नेपाल आयल निगम गगनगौडा डिपोले बुधबार पोखरा र लेखनाथमा पेट्रोल बाड्ने तयारी गरेको छ ।
डिपोले एक लाख भन्दा बढि लिटर बाड्ने तयारी गरेको डिपोले जानकारी दिएको छ । पेट्रोल बाड्दा सबैले पाउने गरी बाड्ने तयारीमा जुट्न जिल्ला आपुर्ति समितिको बैठक समेत बसेको छ ।
सबैले पाउने गरि बिल बुकमा छाप लगाएर बाड्नेकी, लट् अनुसार बाड्ने की, एक दिन मोटरसाइकललाई र अर्को दिन ट्क्यासी र कारलाई बाड्ने भन्ने बारे बैठक निणर्यमा पुग्न सकेको छैन।
कमेन्ट गर्नुहोस्
