कास्कीमा आज चारपाँग्रे सवारीलाई इन्धन वितरण हुँदै

Share:

पोखरा, २४ मंसिर-
कास्कीमा आज चार पाँग्रे सवारीसाधनलाई इन्धन वितरण हुँदैछ ।
हिजो जोर बिजोर प्रणालीका आधारमा विभिन्न पम्पहरुबाट इन्धन वितरण गर्न लगाएको जिल्ला आपूर्ती व्यवस्थापन समितिले आज पोखराका ११ र लेखनाथका २ वटा पम्पबाट ७२ हजार लिटर पेट्रोल वितरण गर्ने निर्णय गरेको हो ।
रातो र कालो नम्बरका सवारीसाधनलाई १ हजार ५ सय रुपैयाँ बराबरको पेट्रोल वितरण हुनेछ ।
पोखराको मालेपाटनस्थिल सशस्त्र प्रहरीको कालिका फ्युल स्टेशनबाटबाट भने अत्यावश्यक सवारी साधनका साथै पर्यटन, सरकारी, संस्थान, कुटनीतिक नियोगका सवारीसाधनलाई पेट्रोल तथा डिजेल उपलब्ध गराईनेछ ।
यसअघि हिजो जोर र बिजोर प्रणाली अनुसार मोटरसाईकललाई पेट्रोल वितरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: