
माधब भुसाल पोखरा, मंसीर २५ । पोखरा ८ बगालेटोल स्थित शेर्पा खाजाघरबाट लागु औषध सहित दुई जाना पत्राउ परेका छन् । लागू औषध खरिद विक्री भईरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको टोलीले पत्रिकामा बेरी लुकाई राखेको अवस्थामा लागू औषध नाईट्रोभ्याट ४२० चक्की र बिभिन्न कम्पनीका नयाँ पुराना ३१ थान मोवाईल सेट सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बगाले टोल बस्ने बर्ष २८ का पर्वत कुवँर र शेर्पा होटलका संचालक २४ बर्षिय तेण्डी शेर्पा छन् ।
उनिहरुले भारतबाट लागू औषध खरिद गरी पोखरा नगर क्षेत्रका बिभिन्न ईलाकाका यूवाहरुलाई वेचविखन गर्ने गरेको साथैे विभिन्न स्थानबाट मोवाईल सेट चोरी गर्ने गरेको भनी प्रारम्भिक अनुसन्धानका क्रममा स्वीकार गरेको छन् ।
पक्राउ परेका मानिसहरुलाई आजै जिल्ला अदालत कास्कीबाट लागू औषध मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको कास्की प्रहरिले जनाएको छ ।
