
काठमाडौं, १ पुस-
दुई सातादेखी बढेको अत्याधिक चिसोका कारण मध्य तराईका रौतहट सहितका जिल्लाहरुको जनजिवन प्रभावित बनेको छ ।
दुई साताअघिबाट नै सुरु भएको चिसो क्रमशः बढ्दै जाँदा जिल्लाको जनजिवन प्रभावित भएको छ भने केटाकेटी र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । बाक्लो हुस्सु र चिसोका कारण खास गरेर गरिव, दलित र विपन्नहरुको बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् ।
जिल्लाको सदरमुकाम गौरमा रहेको जिल्ला अस्पतालदेखी लिएर ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थाहरुमा अहिले बिरामीको चाप निकै बढेको जिल्ला अस्पतालले जनाएको छ । त्यस्तै जाडोका कारण विधालयहरुमा समेत विधार्थीहरुको सङख्या घटदै गएको छ । चिसोका कारण सर्लाही, बारा, लगाएतका जिल्लाहरुको जनजिवन पनि अस्तव्यस्त भएको छ ।
