नेपाल–बंगलादेश छात्रा फुटबलको फाइनल आज

Share:

काठमाडौं, ५ पुस-
यू १४ छात्रा क्षेत्रीय फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपालले बंगलादेशसँग भिड्दैछ ।

बिहान ११ बजेपछि ललितपुरमा सुरु हुने खेलमा किशोर केसीको प्रशिक्षणमा रहेको नेपाली टोली पूजा रानाको कप्तानीमा मैदान उत्रदैछ ।

त्यस्तै विष्पी टोली कृष्ण रानी सरकारको कप्तानीमा खेल्नेछ । शुक्रबार नेपाल आएको बंगलादेशको टोली र नेपाल बिच आजको खेल निकै रोमाञ्चक  हुने अनुमान छ ।

यो खेल गत वैशाख १२ गते हुने तय भए पनि विनाशकारी भूकम्पका कारण प्रभावित भएको थियो ।

प्रतियोगीतामा नेपालसहित बंगलादेश, भारत, भुटान, इरान, माल्दिभ्स र श्रीलंका गरी सात देश सहभागी प्रतियोगितामा दुई समुह बनाइएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: