पूर्व विशिष्ठ पदाधिकारीलाई आजिवन विलाशि सुबिधा दिन नहुने भन्दै स्मृतिपत्र

Share:

पोखरा, ५ पौष । अहिलेको परिस्थितिमा पुर्व विशिष्ठ पदाधिकारीलाई आजिवन विलाशी सुविधा दिन नुहने भन्दै नागरीक समाजको अगुवाइमा कास्कीका सत्तारुढ दलका प्रमूखहरुलाई आज स्मृतिपत्र बुझाइएको छ ।

नागरिक समाज पोखरा, स्वतन्त्र पत्रकार संघ नेपाल र सचेतना समाज पोखराले संयुक्त रुपमा सत्तारुढ दलका कास्कीका प्रमूखहरुलाई स्मृति पत्र बुझाइएको हो । नागरीक समाज पोखराका संयोजक राम बहादुर पौडेल, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्ण प्रसाद बास्तोला र सचेतना समाज पोखराका संयोजक सुरेन्द्र थापामगरद्धारा हस्ताक्षरीत स्मृतिपत्रमा कास्कीका सम्पूर्ण सत्तारुढ दलका प्रमूखहरुले अहिलेको परिस्थितिमा पुर्व विशिष्ठ पदाधिकारीलाई आजिवन विलाशी सुविधा दिन नुहने बताएका थिए ।

स्मृति पत्र बुझ्दै नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले राज्यबाट भएका क्रियाकलापलाई जनताले खबरदारी गर्नु सकरात्मक भएको भन्दै पूर्व विशिष्ठ पदाधिकारीलाई विलासि सुविधा दिन  रोक्न स्मृतिपत्र केन्द्रीय कार्यलयलाई जानकारी गराउने बताउनुभयो ।

त्यस्तै एमाओवादी कास्कीका उपाध्यक्ष गंगा पोख्रेलले पोखरेली सचेत वर्गले उठाएको विषय सकरात्मक पक्ष रहेको भन्दै जनतालाई भार पर्ने निणर्य सरकारले नगर्नेमा आफु आशावादी रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनले नेपाली जनताको करबाट सरकारले चैन गरिरहेको उल्लेख गर्दै यसलाई रोक्न पार्टीले सक्दो सहयोग गर्ने बताउनुभयो । आवश्यक परे यो अभियानमा आफुहरु पनि साथ दिन तयार रहेको पुनको भनाई छ ।

स्मृतिपत्र बुझ्दै राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष तथा कास्कीका इन्चार्ज शंकर बलाले आफ्नो पार्टीले पनि पूर्व विशिष्ठ पदाधिकारीलाई आजिवन विलासी सुविधा दिन नहुने भन्दै कार्यक्रम गरिहेको बताउदै पोखरेलीको मुद्धामा साथ दिने बताउनुभयो ।

कार्यक्रममा नागरिक समाज पोखरा, सचेतना समाज पोखरा र स्वतन्त्र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम अन्तरगत सोमबार प्रमूख विपक्षी दल नेपाली काँग्रेस कास्की मार्फत केन्द्रीय कार्यलयमा स्मृतिपत्र बुझाउने र मंगलबार जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ ।

Photo: समाचारपाटी.com

कमेन्ट गर्नुहोस्
Share: