
काठमाडौँ, ६ पुस-
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले निलम्बित अध्यक्ष र युरोपियन फुटबल महासंघ युइएफएका अध्यक्षलाई ८ वर्षको प्रतिबन्ध लगाएको छ ।
फिफाले गरेको आचरणसम्बन्धी अनुसन्धानमा दोषी पाइएपछि ७९ वर्षे निलम्बित अध्यक्ष सेप ब्लाटर र मिचेल प्लाटिनीलाई ८ वर्षको प्रतिबन्ध लगाएको बिबिसीले जनाएको छ ।
फ्रेञ्च नागरिकलाई सन् १९९८ देखि २००२ सम्म गरेको कामको पैसा दिएको दावी गर्दै आए पनि फिफाले सन् २०११ मा ब्लाटर र प्लाटिनीले अवैधानिक रुपमा एक फ्रान्सेली नागरिकलाई झण्डै २० लाख डलर दिएको अनुसन्धानका क्रममा पुष्टि भएसँगै यस्तो प्रतिबन्ध लगाएको हो ।
कमेन्ट गर्नुहोस्
