छैठौँ विग आईकनको दोस्रो दिन, दुई दिनमा ९७ जनाले पाए ग्रीनकार्ड

Share:

रेम बिक 

पोखरा, ६ पुस | गायन रियालिटि शो विग आईकनको छैठौँ सँस्करण अन्तरगत सोमबार भएको दोस्रो दिनको अडिसनमा ४५ जनाले अघिल्लो चरणका लागि ग्रीन कार्ड प्राप्त गरेका छन् । यो सँगै दुई दिन गरेर कुल ९७ जनाले अघिल्लो चरणको लागि ग्रीन कार्ड प्राप्त गरे ।

विग आईकनको यो सिजन अन्तरगत पहिलो चरणको अडिसन तीन दिनसम्म चल्ने एफएमले जनाएको छ । पहिलो चरणको अडिसनको अन्तिम दिन मंगलबार विहान ८ बजेदेखि नै सहभागीहरुलाई गीत गाउन लगाईने एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिए । अडिसन न्यूरोडस्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा भैरहेको छ ।

सोमबार सहभागीहरुलाई निर्णायकहरु श्यामसुङ तामाङ, सुनील थापा र विनोद बाँनियाले अडिसन लिएका थिए । ‘यो पटक निकै राम्रा प्रतिभाहरु आउनुभएको छ । र, हामीले पहिलो चरणबाटै निकै कडा निर्णय लिँदै गएका छौँ ।’ निर्णायक मध्येका एक सुनील थापाले भने–‘पहिलो चरणमै को भन्दा को कम प्रतियोगीहरु आउँदा हामीलाई पनि मज्जा लागेको छ ।’ अन्तिम चरणसम्म पुग्दा निकै खारिएर मात्रै गायन प्रतिभा आउने उनले बताए । यो पटक नयाँ थपिएका निर्णायकद्वय कर्ण दास र विवेक श्रेष्ठ दोस्रो चरणको अडिसनपछि मात्रै आउने एफएमले जनाएको छ ।

icon second day (3)

छैठौँ सँस्करणको विग आईकनको विजेताले उपाधीसँगै १ लाख ७५ हजार रुपैयाँ बराबरको हिरो ड्यास स्कुटर र बेलायतको साँगीतिक यात्रा पुरस्कार स्वरुप पाउने एफएमले बताएको छ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट १० प्रतिभा छनौटका लागि निर्णायकहरुको शतप्रतिशत अधिकार रहनेछ । उत्कृष्ट १० पछि उत्कृष्ट तीनसम्म छनौटका लागि निर्णायकको अग्राधिकार रहनेछ । ग्राण्ड फिनालेमा भिड्ने तीन जना प्रतिस्पर्धीका लागि भने उत्कृष्ट छान्ने सर्वाधिकार स्रोताको एसएमएस मतदानमा रहने एफएमले जनाएको छ ।

छैठौँ सँस्करणको विग आईकनमा हालसम्म टाईटल स्पोन्सरको रुपमा सामसुङ मोबाईल, सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स नेपाल, प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपलडाली मसला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।

त्यस्तै सपोर्टेड बाई टाईटलमा एब्स्ट्रयाक्ट एजुकेशन नेटवर्क, पावर्ड बाई टाईटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन, मिडिया पार्टनरमा एभिन्यूज टेलिभिजन, कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अनलाईन पार्टनरमा जक्शन डटकम, म्यागेजिन पार्टनरमा ‘यस’ म्यागेजिन, होटल पार्टनरमा होटल बाराहि, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट न्युरोड, बैंकिङ पार्टनरमा गरिमा विकास बैंक र ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: