बिग आइकनको दोस्रो चरणको अडिसन जारी

Share:

पोखरा ११ पौष –
छैठौं जे सेभेन सामसुङ्ग बिग आइकनको दोस्रो चरणको अडिसन पोखरामा चलिरहेको छ । अडिसनबाट अहिलेसम्म २० जनाले ग्रीन कार्ड पाउँदै तेश्रो चरणका लागि प्रवेश गर्न सफल भएका छन् । अडिसन न्युरोडस्थित स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बारमा भइरहेको छ ।
यस अघि पुस ५ गतेदेखि सुरु भएको पहिलो चरणको अडिसनबाट १ सय १२ जना गायन प्रतिभाहरुले दोस्रो चरणको अडिसनको लागि छनौट भएका थिए । यो पटक बिग आइकनमा ५ जना निर्णायक मण्डलहरु रहेका छन् । यसअघि निरन्तर रुपमा निर्णायक रहदै आएका श्यामसुङ तामाङ्ग, सुनिल थापा, बिनोद बानियासंगै चर्चित गायकहरु कर्णदास तथा विवेक श्रेष्ठ पनि निर्णायकमा रहेका छन् ।
छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउने छन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
छैटौ संस्करणको बिग आइकनमा हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ्ग मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।
त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन र कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: