
रौतहट, १२ पुस-
नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथी भएको आक्रमणको विरोधमा रौतहटमा भैंसी जुलुस निकालिएको छ ।
मधेशी मोर्चाका कार्यकर्ताहरुले आक्रमणको विरोधस्वरुप गौरमा भैंसी सहित जुलुस निकालेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय अगाडी प्रदर्शन गर्दै टायर समेत बालेका छन् ।
मोर्चाका कार्यकर्ताले जिल्ला प्रशासनका कर्मचारीलाई कार्यालय प्रवेश गर्न समेत दिएका थिएनन् ।
कमेन्ट गर्नुहोस्
