श्रीलंकाविरुद्ध न्यूजिल्याण्ड १० विकेटले विजयी

Share:

१३ पुस, काठमाडौं ।
मार्टिन गुप्टिलको आक्रमक पारीको मद्दतमा न्यूजिल्याण्डले श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट १० रनले जितेको छ । यससँगै उसले न्यूजिल्याण्डले पाँच म्याचको सिरिजमा २(० को अग्रता लिएको छ ।

श्रीलंकाले प्रस्तुत गरेको ११८ रनको लक्ष्य न्यूजिल्याण्डले मात्र ८।२ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो । उसका लागि ओपनर गुप्टिले आक्रमक पारी खेल्दै मात्र ३० बलमा अविजित ९३ रन बनाए । उनले ८ छक्का र ९ चौका हाने । उनी एक दिवसीय क्रिकेटमा ‘फास्टेस्ट फिप्टी’को रेकर्डको निकै नजिक रहे । उनले १७ वलमा ५० रन बनाएका थिए । एक दिवसीय क्रिकेटमा सर्वाधिक कम बल खेलेर अर्धसतकको रेकर्ड एबी डिबिलियसको नाममा छ । उनले १६ बलमा ५० रन बनाएका थिए ।

टोम लेदन १७ रनमा अविजित रहे ।

यसअघि पहिले व्याटिङ गरेको श्रीलंकाले २७।४ ओभरमा ११७ रन जोड्दा सबै विकेट गुमाएको थियो । उसका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । श्रीलंकाका लागि नुवान कुलासेकराले सर्वाधिक १९ रन बनाए ।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा माट हेनरीले ४ विकेट लिए भने मिचेल क्याकलेनाघमले ३ विकेट लिए ।

कमेन्ट गर्नुहोस्
Share: