
पोखरा १३ पुस
पोखरा सडक महोत्सबको १७ औं संस्करण आजदेखि सुरु हुदैछ । पोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाईडमा ५ दिन सम्म चल्ने महोत्सबको पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले उद्घाटन गर्नेछन् ।
महोत्सब उद्घाटनको अबसरमा देशका बिभिन्न स्थानबाट आएका सास्कृतिक प्रस्तुती, बिभिन्न जातिको भेषभूषा सहितको ¥याली निस्कने आयोजक रेष्टुरेण्ट एण्ड वार एसोसिएसन ( रेवान ) पोखराले जनाएको छ ।
लेकसाईडको फिस्टेलगेट देखि खहरेसम्म तीन किलोमिटर क्षेत्रमा सडकमै रेष्टुरेण्टका स्टल राखिएको छ । महोत्सबको लागि पर्यटकिय क्षेत्र लेकसाईडलाई झकिझकाउ पारिएको छ । लेकसाईडको सडक ध्वजा पतकाले रंगिएको छ ।
सडकमै खाऔं, सकडमै नाचौं, सडकमैं रमाऔं’ भन्ने नारा सहित सञ्चालन हुने महोत्सबमा बसुन्धरा पार्क भित्र र बाहिर गरी झण्डै तीन सय स्टल रहनेछन् । महोत्सवमा पोखराका विभिन्न संघ संस्थाको झाँकी प्रदर्शन तथा प्रतियोगिता, पोखरा सेरोफेरोका विभिन्न जातिको संस्कृति प्रर्दशन, पोखरा भन्दा बाहिरका विभिन्न ठाउँका संस्कृतिको पनि प्रर्दशन गरिने जनाईएको छ ।
बसुन्धरा पार्क भित्र बाल उद्यान, दोहोरी गीत, हस्य व्यङ्ग प्रहसन, नृत्य प्रस्तुती, लाइभ कन्सर्ट, विदेशी व्याण्डको प्रस्तुतीको साथै साहसिक र मनोरञ्जनात्मक बृत्तचित्र, फोटो प्रर्दशन महोत्सबको आकर्षणको रुपमा रहेका छन् । महोत्सवको अवसरमा होटल तथा रेष्टुरेण्टमा विशेष छुटको व्यवस्था गरिएको अध्यक्ष गोपी बहादुर भट्टराईले जानकारी दिए । प्रत्येक अंग्रेजी नयाँ बर्षको अबसरमा एकै समयमा आयोजना गरिने यो महोत्सबले पोखरा र यस क्षेत्रको कला, संस्कृति, भेषभुषाको जगेर्ना गर्दै राष्ट्रिय तथा अन्तर्रािष्ट्रय बजारमा चिनाउनको साथै पर्यटन प्रवद्धर्नमा टेवा पु¥याउन बिश्वास गरिएको छ ।
