लायन्स क्लव अफ अन्नपूर्णले मनायो स्थापना दिवस

Share:

पोखरा, १३ पुस-
लायन्स क्लब अफ पोखरा अन्नपूर्णले आफ्नो २९ औं स्थापना दिवस आइतबार पोखरामा एक कार्यक्रम आयोजना गरि मनाएको छ ।
क्लवले आफ्नो स्थापना दिवसको अबसरमा ३ वटा कार्यक्रम यसै महिना गर्ने जनाएको छ । क्लवकाका संस्थापक सचिव एवं डिष्ट्रिक ब्लड बैक चियर पर्सन लायन सोनाम साङपोले १८ जना विद्यार्थी लाई बर्षेनी छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिँदै थप एक लाखको अक्षयकोष वृद्धि गर्ने बताए । उनले गोरखाका भुकम्प पीडित लाई २ लाख बराबरको ब्लाङकेट वितरण गर्ने र आफुहरुले निर्माण गरेको गोगन उच्चमाविको चारकोठे भवन यसै महिना उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स अन्तराष्ट्रिय डिष्टिक ३२५ वी वानका गभर्नर लायन धु्रव बहादुर थापाले लायन्स क्लब अफ पोखरा अन्नपुर्ण डिष्ट्रिकमा मात्रै नभएर मल्टिपलकै उत्कृष्ट क्लब रहेको बताउँदै आफु गभर्नर भए पछि नेपाल लायन्स फाण्डेशनमा १ करोड ३७ लाख जम्मा भएको बताए ।
लायन्सले भुकम्प पीडितको लागि एक हजार घर र ३० वटा विद्यालये निर्माण गर्ने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
Share: