पोखरा, १५ पुस-
छैठौं विग आईकन अन्तर्गत तेश्रो चरणको अडिसन आजपनि जारी छ ।
तेश्रो चरणको पहिलो दिन हिजो ३५ जना गायन प्रतिभाहरुले अघिल्लो चरणको लागि कार्ड प्राप्त गरेका छन् । हिजो बाँकी रहेकाहरुको अडिसन आज बिहान ९ बजेपछि न्यूरोडस्थित स्काइ टच रेष्टुरेण्ट एण्ड लाउण्ज बारमा हुनेछ ।
तेस्रो चरणको अडिसनमा कुल ७९ जना प्रतिस्पर्धीहरुले प्रवेश पाएका थिए । ती मध्ये मंगलबार ४३ जना प्रतिभाहरुले अडिसनमा सहभागिता जनाए भने बाँकी ३६ जनाले बुधबार अडिसन दिने एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिए ।
छैठौँ सँस्करणको विग आईकनमा ४२ जिल्लाका ९ सय ३ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए । मंगलबार निर्णायकहरु श्यामसुङ तामाङ, सुनील थापा र कर्ण दासले प्रतियोगीहरुको अडिसन लिएका थिए । बिनोद बानिया र विवेक श्रेष्ठ पनि यो पटक निर्णायकको रुपमा रहेका छन् ।
छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
