पोखरामा आगलागीमा परी एकैघरका चारजनाको मृत्यु

Share:

नवराज ढुङ्गाना,
पोखरा, १५ पुस-
पोखराको चाउथेमा आगलागीमा परी एकैघरका ४ जनाको मृत्यु भएको छ ।
गएराती स्थानीय सीता रानाको घरमा आगलागी हुँदा घरमा सुतिरहेका चार जनाको निसास्सिएर मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा घरधनी ३६ बर्षीय सीता राना, उनका १२ बर्षीय छोरा हेमन्त राना, ७५ बर्षीय नाम खुल्न नसकेकी आमा र २६ बर्षीय वसन्ती राना रहेका छन् ।
घटना गएराती घटेको भएपनि आज बिहान मात्रै थाहा भएको प्रहरीले जनाएको छ । ढलान घरमा कसरी आगलागी भयो भन्ने यकिन खुल्न नसकेपनि विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।
मृतक चारै जनाको शव परिक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाने तयारी भैरहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको कास्की प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
Share: