
परासी, १५ पुस-
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँ वेलहानी–८ मा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
पोखराबाट दिल्लीका लागि छुटेको ना ५ ख ९४२४ नम्बरको बसले दुम्किवासबाट चोरमारातर्फ आउँदै गरेको लु १७ प ९८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नवलपरासी मध्यबिन्दु–८ बस्ने मोटरसाइकल चालक २२ वर्षीय रवि भण्डारी र पछाडि सवार २५ वर्षीय ओमप्रकाश योेगी चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दुबै जनाको प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा मृत्यु भएको प्रहरीले बताएको छ ।
कमेन्ट गर्नुहोस्
