संसद बैठक आज पनि बस्दै

Share:

काठमाडौ, १६ पुष-

सरकारले पेश गरेको संविधान पहिलो संशोधन विधेयकमाथि आज पनि छलफल जारी रहने भएको छ ।

आज सैद्धान्तिक छलफल सक्ने संसदको तयारी छ । मधेसी मोर्चाका सांसदहरुको नाराबाजीका बीच विधेयकमाथि छलफल भइरहेको छ ।

मोर्चाले आफुले उठाएका माग एकमुस्ट पूरा गर्नुपर्ने अडान लिंदै सदनमा विरोध गरिरहे पनि सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीचको सहमतिअनुसार संसद बैठकमा संविधान संशोधन विधेयकमाथि छलफल सुरु गरिएको हो ।

संसद बैठक दिउँसो १ बजे बोलाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: