प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा डा. शर्मा

Share:

पोखरा, १८ पुस-
प्रजातान्त्रिक विचार समाज पोखराको नयाँ कार्यसमितिको अध्यक्षमा डा. गिरधारी शर्मा निर्विरोध रुपमा चयन भएका छन् ।
समाजको उपाध्यक्षमा विन्दु पौडेल, सचिव तुलसी खनाल, सहसचिव ब्रिजेन्द्र केसि,कोषाध्यक्ष शिशुकला पौडेल चयन हुनुभएको छ । सदस्यमा रमेश पौडेल, अभधेश सिंह, वीरबहादुर कार्की, ऋषिराम सापकोटा, रोहितराज बास्तोला, डा. कृष्ण भण्डारी, सुन्दरकुमार श्रेष्ठ, जगन्नाथ रेग्मी, आनन्दमणि रिजाल र जीता बराल चयन भए ।
समाजको सातौ अधिवेशन उद्घाटन गर्दै समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसीले संविधान राम्रो भए पनि कार्यान्वयनका पक्ष जटिल भएको बताए ।
कार्यक्रममा राजनीतिक डा. यज्ञ अधिकारीले नेपालको संविधानका अन्तरबस्तु र सामाजिक न्याय विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमा संविधानले ग्यारेण्टी गरेका मौलिक हक धेरै भएको तर कर्तव्यका बारेमा थोरैमात्र उल्लेख गरिएकोले संविधान कार्यान्वयन पक्ष जटिल भएको औल्याए ।
संविधानमा हरेक जातजाति वर्ग समुदायका लागि अधिकारको व्यवस्था गरिएकोले यो संविधानलाई सामाजिक र न्यायमैत्री भन्न सकिने डा. अधिकारीको कार्यपत्रमा उल्लेख छ । साथै सामाजिक न्यायका बारेमा बुझाउन नसक्दा मधेसमा आन्दोलन भएको उहाँले स्पष्ट समेत पार्नुभयो ।
कार्यक्रममा अधिवक्ता रत्नजंग कार्कीले संविधानमा रहेका प्रावधान वर्तमान सरकारले मन्त्रीमण्डल ४० सदस्यीय बनाएर यसको खिल्ली उडाएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: