
पोखरा, १८ पुस-
“सूचना प्रविधिद्वारा एकवद्ध” भन्ने मूल नाराका साथ गण्डकी कलेज अफ ईन्जिनियरिङ एण्ड साईन्सको आयोजनामा यही पौष २२ र २३ गते छैटौँ संस्करणको जि.सिई.एस आईटी महोत्सव हुने भएको छ ।
महोत्सवले पोखरालाई पर्यटन र सूचना एक अर्काको परिपुरक हुन भन्ने सन्देश प्रवाहगर्ने उद्देस्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक अमिर बाँस्तोलाले जानकारी दिए ।
बास्तोलाका अनुसार महोत्सवमा, राष्ट्रव्यापी सफ्टवयर प्रतियोगिता, स्कूल स्तरीय वेव डिजाईन प्रतियोगिता, प्राविधिक विषयमा उच्च मावि स्तरीय निवन्ध लेखन प्रतियोगिता, विभिन्न सफ्टवयरको प्रर्दशनी, टेक्निकल टक, लिनक्स बुट क्याम्प, उद्यमशीलतासंग प्रविधिको सम्वध बारे अन्र्तक्रिया लगायतका कार्यक्रम गरिने छ । यस्तै महोत्सवमा लाईभ म्यूजिक, डिजे सेशन, फूड फेष्टिबल, पिसी एण्ड आउटडोर गेम समेत समावेश गरिने जनाईएको छ ।
विगतका वर्षजस्तै यस वर्ष पनि महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था मिलाईएको महोत्सवका संरक्षक एवं कलेजका प्राचार्य रवि प्रसाद वरालले जानकारी दिए ।
महोत्सव सम्पन्न गर्नका लागि करिब ४ लाख खर्च हुने आयोजकको अनुमान छ ।
