राजेन्द्र महतोले दिल्लीबाट अलग्गै आन्दोलन घोषणा गरे

Share:

पौष १८ शनिबार

काठमाडौं स् जोगवनी नाकामा प्रहरीसँगको झडपमा घाइते भएपछि उपचारका लागि भन्दै दिल्ली पुगेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले त्यहीँबाट अलग्गै आन्दोलन घोषणा गरेका छन् ।  दिल्लीस्थित मेदान्ता अस्पतालबाटै मधेसबासीका नाममा अपिल निकाल्दै महतोले अलग्गै आन्दोलनको घोषणा गरेका हुन् ।  

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको विवाद सतहमा आइरहेका बेला महतोले एक्लै नयाँ चरणको आन्दोलन भारतबाट घोषणा गरेका हुन् ।  हिन्दी भाषामा निकालिएको तीन पेज लामो अपिलमा उनले यो पटक आफूले ‘अभि नहीँ तो कभी नहीँ’ संकल्प लिएको जनाउँदै आन्दोलनलाई टुंगोमा पु¥याउन मधेसवासीलाई अपिल गरेका हुन् । राज्यले गरेको चर्को दमनका बीच पनि चार महिनादेखि मधेस आन्दोलन जारी रहेको जनाउँदै महतोले अब अधिकार लिएरै छाड्ने दाबी गरेका हुन् । ‘शान्तिपूर्ण आन्दोलनका क्रममा राज्य प्रशासनबाट भएको दमनको पराकाष्ठा हामीले देखिसकेका छौं’, उनले अपिलमा भनेका छन्, ‘सरकाले जति धेरै दमन गर्दै जान्छ, हामी आन्दोलनलाई उति नै कडा बनाउँदै लैजान्छौं ।’

राज्य प्रशासन र तीन दलले मधेस आन्दोलनको दमनमा उत्रिरहँदा पनि यो पटकको लडाइँ अन्तिम हुने उनले उल्लेख गरेका छन् ।  ‘हाम्रा विरोधीले हामीलाई थकाउन, झुकाउन, रोक्न र गलाउन पटक पटक कोशिस गरेपनि न हामी झुक्छौं न त रोकिन्छौं’, उनले भनेका छन्, ‘यो पटक हामीले ‘अहिले नभए कहिले हुन्न’, भन्ने संकल्प लिएका छौं ।’

महतोले पुस १९ देखि २७ गतेसम्म चरणवद्ध आन्दोलन घोषणा गर्दै साइकल, मोटरसाइकल, रिक्सा र अन्य सवारी साधनमा कालोझण्डा गाड्ने, आन्दोलनका पक्षमा सेतो कपडामा हस्ताक्षर गर्ने र आन्दोलनकारीले हातमा कालोपट्टी बाँध्नेसहितका कार्यक्रम घोषणा गरेका हुन् ।  महतोले अन्य आन्दोलनका कार्यक्रममा सहिदको सम्झनामा मन्दिरदेखि चर्चसम्म बत्ती बाल्ने, भोकै बस्ने र आन्दोलनलाई उचाइँमा पु¥याउन सामाजिक सञ्जालको पनि प्रयोग गरिने जनाएका छन् ।  उपेन्द्र यादवसँग बढेको विवाद सतहमा आइरहँदा उनले संयुक्त लोकतान्त्रिक मधेसी मो%

कमेन्ट गर्नुहोस्
Share: