लामिछानको नयाँ एल्बम ‘भेटिएन कतै’ विमोचन

Share:

पोखरा १८ पौष-
लोक दोहोरी गायक सुरज लामिछानेको तेस्रो एल्बम ‘भेटिएन कतै’ शनिबार पोखरामा विमोचन भएको छ । एल्बमको विमोचन पोखराको त्रिवेणीसंगीतालयमा आयोजित कार्यक्रममा संगीतकर्मी नवराज बराल र पदमराज ढकालले संयुक्त रुपमा गरेका हुन् । सुरज लामिछाने र सम्झना मगरको आवाज रहेको यो एल्बममा समावेश गीतको शब्द तथां लय संकलन निश्चल दवाडिले गरेका हुन् ।
हमाल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको एल्बमको गीत सँगै भिडियो समेत सार्वजनिक गरिएको छ । शंकर विसिले निर्देशन गरेको भिडियोमा बाबुकृष्ण परियार र बबिता गुरुङको अभिनय रहेको छ । पोखरामा छायाकंन गरिएको भिडियोले दर्शक श्रोताको मन जित्नेमा गायक लामिछाने विश्वस्त छन् ।
औपचारीक रुपमा वि.स.२०६९ सालमा ‘चाहेर काल आउदो रहेनछ’ बोलको गीत रेर्कड गरी नेपाली साँगीतिक फाँटमा लामिछानेले डेब्यु गरेका हुन् । उनले एकल आवाज भरेको यस गीतमा शब्द र लय संकलनमा केशव घिमिरेले साथ दिएका थिए ।
भिडियो समेत उत्कृष्ट बनेको यस गीतले दर्शक श्रोतामाझ उनलाई परिचित गराएको थियो । २०७० मा तीजको एल्बम ‘खुशी हुँदै हुँदै, बजारमा ल्याएका उनलाई यो गीतको आवाजमा तारा उदासी र लक्ष्मी गौतमले साथ दिए ।

कमेन्ट गर्नुहोस्
Share: