
पोखरा , पुष १९, माधब पनेरु ।
नेपाली काग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले नाकाबन्दी वा सिमा अबरोध कुनै एक ब्यबस्था वा सरकारका बिरुद्ध नहुने बताएका छन । पोखरामा लोकतान्त्रीक खेलकुद संघ कास्कीका नवर्निबाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउने कार्यक्रमलाई पोखरामा संबोधन गर्दे महामन्त्री सिटौलाले नेपालको सबै राजनितिक ब्यबस्थानै परिबर्तन गर्ने खालका आन्दोलनहरुमा समेत दशगजामा कुनै अबरोध नभएको स्मरण गर्दे आन्दोलनका नाममा दशगजामा बसेर अबरोध गर्न कसैलाई छुट नभएको बताए ।
नेपाल बिकास र संबृद्धिमा पछि परेको छ , नाकाबन्दी वा अबरोध जे भनेपनि यो कुनै ब्यबस्थाको बिरुद्धमा हुन नसक्ने उनको भनाई थियोे । यो त जनताका बिरुद्ध हुने उनले बताए ।
अब देशको बिकास र राष्ट्रीयताको बारेमा नेपाली काग्रेसले गभ्भिर ढंग बाट सोच्न पर्ने बेला भएको उनको भनाई थियो । अब पनि पुरानै सोच र शैली बाट भन्दा पनि नयाँ र मुलुक बचाउने बाटोबाट अघि बढ्न आगामी महाधिबेशनले प्रमुख भुमिका खेल्ने महामन्त्री सिंहले बताए ।
कार्यक्रममा नेपाली काग्रेसका अन्य स्थानिय नेताहरुले पनि बोलेका थिए ।
