पोखराबाट डेढ लाख भन्दा बढी नगद सहित ८ जुवाडे पक्राउ

Share:

पोखरा १९ पुस
डेढ लाख भन्दा बढी नगद सहित पोखराबाट ८ जुवाडे पक्राउ परेका छन् । पोखरा १६ दिपमा जुवा खेल्दै गरेका ८ जना एक लाख ६३ हजार ८ सय ४० नगद सहित शनिवार साझ पक्राउ परेका हुन् ।

स्थानिय सोमराज गुरुङको घरमा जुवा खेल्दै गरेको सुचनाको आधारमा वडा प्रहरी कार्यालय वगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा घरधनि ४४ बर्षिय सोमराज सहित पोखरा ९नागढुङ्गा बस्ने ५५ बर्षिय पुर्ण बहादुर गुरुङ, पोखरा २८ अर्मलाका ६५ बर्षिय भक्त बहादुर गुरुङ, पोखरा ६ बैदामका ४९ बर्षिय नविन गुरुङ, बर्ष ५३ का निर प्रसाद गुरुङ, पोखरा १ नयाँगल्लीका ४५ बर्षिय टौ बहादुर गुरुङ, वाटुलेचौरका बर्ष ५६ का ओम प्रसाद गुरुङ र लेखनाथ २ शिसुवाका ५६ बर्षिय आश बहादुर गुरुङ रहेका छन् ।

उनीहरुलाई आईतवार नै अदालतबाट म्याद थप गरी जुवा ऐन अन्तर्गत कारबाही अघि बढाईएको प्रहरी नायव उपरिक्षक गजु सिद्दी बज्राचार्यले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: