
दाङ, १९ पुस-
नेपाली काँग्रेसका सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले पार्र्टीभित्र रहेको ६०÷४० को भागबन्डालाई हटाउन विधान संशोधन हुन थालेको बताएका छन् ।
लमहीमा प्रेस युनियन राप्तीले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी विधायन समितिका संयोजक ढुङ्गानाले सभापतीय अधिकार कमजोर हुँदा गुटउपगुट झाँगिएको बताउँदै पार्टी सभापतिलाई बलियो बनाउने गरी १३ औं महाधिवेशनबाट विधान संशोधन गरिन थालेको बताए ।
पार्टीभित्र क्रियाशील सदस्यताको विवाद रहेको र त्यो एक दुई दिनभित्र समाधान हुने उनले जिकिर गरे ।
कमेन्ट गर्नुहोस्
