नाइजेरियाको बन्दगाहमा ७५० विदेशी अड्किए

Share:

लागोस, १९ पुस-
आठ वटा पश्चिमी अफ्रिकी राष्ट्रका ७५० भन्दा बढी नागरिक नाइजेरियाको बन्दगगाह क्यालाबरमा अड्किरहेका छन् । उनीहरु सवार रहेको डुङ्गामा समस्या आएपछि क्रिसमसदेखि नै ती व्यक्तिहरु त्यहाँ फसेका बताइएको छ ।
सो डुङ्गामा पश्चिमी अफ्रिकी राष्ट्रहरुका ७५८ जना व्यक्ति यात्रा गरिरहेका थिए ।
गत डिसेम्बर २५ का दिन एक नदी पार गरिरहेको अवस्थामा सो डुङ्गामा रहेका इन्जिनहरुमा एक इन्जिन नै विस्फोटभएपछि ती व्यक्तिहरु बन्दरगाहमा नै फसेका राज्य सङ्कटकालीन व्यवस्थापन निकाय (सेमा ) ले बताएको छ ।
सेमाका अनुसार सो डुङ्गामा पश्चिमी अफ्रिकी राष्ट्रहरु टोगो, बुर्किना फासो, सेनेगाल, सिर्रा लिओन,घाना, माली, नाइजर र गिनीका नाागरिकहरु रहेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: