
बिग न्युज, पौष २० । प्राय एउटै खाले भुमीकामा देखिएको आरोप लाग्ने राजेश हमाल पछिल्ला केही फिल्ममा भने भिन्न भिन्न भुमीकामा देखिन थालेका छन् । छविलाल कन्जुस छैन, फेसबुक लगायतका फिल्ममा अलि पृथक रुपमा देखिए उनि ।
राजेश फेरी अर्को पृथक भुमिकामा देखिने भएका छन् । उनी दिनेश श्रेष्टको निर्देशनमा धमाधम छाँयाकंन भइरहेको ’शकुन्तला’मा व्यस्त छन्।
’शकुन्तला’को निर्माण पक्षले फिल्ममा राजेशको लुक सार्वजनिक गरेका छन्। तस्विरमा उनी महिला बनेका छन्। तस्विरमा राजेश निधारमा रातो टिका, गलामा कालो माला, नाकमा नत्थी, हातमा चुरा तथा कालो सारी र ब्लाउजमा सजिएका छन्।
राजेशको यो गेटअपले उनलाई पर्दामा देख्न चाहनेका लागि कौतुहलता भने अवश्य उत्पन्न गराउने छ।
बिहेपछि फिल्म अभिनयबाट केहि टाढिएका राजेश हमालको निक्कै नै आश गरिएको ’बागमती’ शुक्रबार रिलिज हुँदैछ ।
