
पोखरा, २५ पुस-
आफूलाई सादा पोशाकमा काम गर्ने सि.आई.डी प्रहरी भएको बताउँदै लुटपाट मच्चाउँदै आएका डोप्रसाद मगरलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
मगर गत मंसिर ११ गते पोखराको लभ्ली डाडामा घुम्न गएका २ जना युवाहरुलाई आफू सि.आइ.डी प्रहरी भएको र जेलमा लगेर राखिदिने धम्की दिई उनीहरुको साथबाट ३ हजार नगद, आइफोन फोर जी लुटेर फरार भएका थिए ।
मगरलाई कास्की प्रहरीको एक टोलीले पौष २१ गते लुटिएको आइफोन सहित पक्राउ गरेको हो । मगरलाई कास्की जिल्ला अदालतबाट जबरजस्ती चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
