पश्चिमाञ्चलका क्याटरिंग व्यवसायीले गरे मूल्यवृद्धी

Share:

पोखरा, २५ पुस-
पोखराका क्याटरिंग व्यवसायीले मूल्यवृद्धी गरेका छन् । नाकाबन्दीपछि अधिकांश उपभोग्य सामग्रिको अभाव र मूल्यमा वृद्धी भएको भन्दै उनीहरुले मूल्यवृद्धी गरेका हुन् ।
पश्चिमाञ्चल क्याटरिङ्ग व्यवासयी संघमा आबद्ध व्यवसायीहरुले आज पत्रकार सम्मेलन नै गरेर यसअघि कायम रहेको दररेटमा प्रतिप्लेट ३० देखि ३५ रुपैयाँ मूल्य बढाएको घोषणा गरेका हुन् ।
विगत पाँच बर्षदेखि आफूहरुको व्यवसाय एउटै दररेटमा सञ्चालन भैरहेको भन्दै उनिहरुले मूल्य समायोजन गर्नुपरेको बताए ।
शनिबारदेखिनै घोषित दररेट लागू भएको संघका अध्यक्ष लिला जिसीले जानकारी दिए ।
मूल्य बढेसँगै अब संघमा आबद्ध पश्चिमाञ्चलका ६० क्याटरिङ्ग तथा पार्टी प्यालेसमा समान दररेट लागू हुनेछ । पश्चिमाञ्चलमा ९० भन्दा बढी क्याटरिङ्ग तथा पार्टी प्यालेस भएपनि संघमा ६० वटा मात्रै आबद्ध छन् ।

कमेन्ट गर्नुहोस्
Share: