
नयाँँ दिल्ली, २५ पुस-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उत्तरी भारतीय राज्य पञ्जावको पठानकोटमा अवस्थित पठानकोट हवाई सैन्य शिविरको भ्रमण गर्ने भएका छन् र
प्रधानमन्त्री मोदीले गत हप्ता त्यहाँ भएको आतङ्ककारी हमलाबाट दिवंगत सैनिकलाई श्रद्धान्जली अर्पण गर्न त्यहाँ जान लागेका हुन् ।
सैन्य शिविरमा गत हप्ता पृथकताबादी सशस्त्र बिद्रोहीले आक्रमण गर्दा भएको युद्धमा परी सात जना सैनिकको मृत्यु भएको थियो ।
प्रधानमन्त्रीको भ्रमणलाई मध्यनजर गरी शिविर वरपरको सम्पूर्ण क्षेत्रभरी सुरक्षा ब्यबस्था कडा पारिएको पञ्जाब राज्यको प्रान्तीय राजधानी चन्डिगढका अधिकारीहरुले जनाएका छन् ।
सशस्त्र बिद्रोहीको निशानामा परेको सो पठानकोट सैन्य शिविर पाकिस्तानी सीमाभन्दा करिब ३० किलोमिटर मात्र टाढा पर्दछ । उक्त आक्रमणमा सबैजसो बिद्रोहीे मारिएका थिए ।
