
काठमाडौं, २५ पुस-
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाका केन्द्रीत आन्दोलनका बारेमा मुख नखोली नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाको आज काठमाडौंमा बसेको बैठकले पुस २८ देखि माघ ७ गतेसम्मका लागि नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाममा धर्ना र जुलुसदेखि वृत्तचित्र र फोटो प्रदर्शनी लगायत रहेका छन् । बैठकपछि निकालिएको विज्ञप्तिका नाका केन्द्रीत आन्दोलनका बारेमा मोर्चा मौन छ ।
कमेन्ट गर्नुहोस्
