धोनी विरुद्ध वारेन्ट जारी

Share:
  • पुस २५ – भारत आन्ध्र प्रदेशको एक अदालतले भारतीय एक दिवसीय टिमका कप्तान महेन्द्र सिंह धोनी विरुद्ध वारेन्ट जारी गरेको छ । अदालतले हिन्दुको धार्मिक भावनामा ठेस पु¥याएको सम्बन्धी उजुरीका आधारमा धोनीलाई अदालत उपस्थित हुन वारेन्ट जारी गरेको हो ।

आन्ध्र प्रदेशको अनन्तपुर जिल्लाको अदालतमा धोनी विरुद्ध गोपाल राय र श्याम नाम गरेका हिन्दुको धार्मिक भावना विरुद्ध काम गरेको भन्दै उजुरी दिएका हुन् । त्यही उजुरीको आधारमा धोनीलाई जमानतका लागि उपस्थित हुन अदालतले वारेन्ट जारी गरेको हो । गएको वर्ष एक बिजनेस पत्रिकाको मुख्य पृष्ठमा धोनीलाई एक हिन्दु देवताको अवतारको रुपमा प्रस्तुत गरिएको थियो । तस्बिरमा धोनीका धेरै हात थिए भने एक हातले जुत्ता समातेका थिए । यसले हिन्दुको धार्मिक भावनामा ठेस पुगेको उजुरीकर्ताको दाबी छ । अदालतले धोनीसँग बिजनेस पत्रिकाका प्रतिनिधिलाई पनि अदालत उपस्थित हुन आदेश दिएको छ ।

– एजेन्सीको सहयोगमा

कमेन्ट गर्नुहोस्
Share: