पूर्व राष्ट्रपति भारत जाँदै

Share:

काठमाडौं, २६ पुस-
पूर्वराष्ट्रपति डा. रामवरण यादव माघ दोस्रो साता भारत भ्रमणमा जाने भएका छन् । राजस्थानमा आयोजित एक धार्मिक कार्यक्रमको प्रमुख अतिथिका रूपमा यादव उता जान लागेका हुन् । राष्ट्रपतिको कार्यकाल सकिएपछि उनको यो पहिलो भ्रमण हुन लागेको हो ।

पारिवारिक स्रोतका अनुसार यादव राजस्थान र दिल्लीमा करिब दुई साता रहनेछन् । सुरुमा राजस्थान जाने र फर्किएर दिल्ली बस्ने कार्यक्रम छ । दिल्लीमा यादवले भारतका राष्ट्रपति प्रणव मुखर्जी र केही पूर्वराष्ट्रपतिहरूसँग भेटवार्ता गर्ने गरी कार्यक्रम बनिरहेको उनी निकटस्थ स्रोतले जनाएको छ । उनीसँगै छोरी अनिता, सुरक्षाकर्मी र सहयोगी पनि भारत जाने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: