छोरीलाई खेलाउने क्रममा अर्जेन्टिनाका राष्ट्रपतिको करङ भाँच्चियो

Share:

अर्जेन्टिना, २६ पुस-
अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति माउरिसियो म्याक्रीको आफ्नो छोरीलाई खेलाउने क्रममा करङ भाँच्चिएको अर्जेन्टिनाबाट प्राप्त समाचारमा उल्लेख छ ।

उहाँलाई केही दिन घरमै आराम गर्ने सल्लाह दिइएको उहाँको कार्यालयले बताएको छ ।

छोरीसँग खेल्ने क्रममा राष्ट्रपति म्याक्री लड्नुभएको र उक्त घटनामा ५६ वर्षीय राष्ट्रपतिको करङ भाँच्चिएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ । एपी

कमेन्ट गर्नुहोस्
Share: