
पोखरा, २६ पुस-
नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कास्कीको प्रथम अधिवेशनले सुनयना पालिखेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ ।
शनिवार भएको अधिवेशनले उपाध्यक्षमा केशवराज ढकाल, महासचिवमा दिपक तिवारी, कोषाध्यक्षमा हरि श्रेष्ठ र सचिवमा अनन्त अधिकारी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा कविराज पौडेल, प्रकाशमणि रेग्मी, राजु पौडेल, विष्णु पौडेल, तेज अधिकारी र सोनबहादुर मगर रहेका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै सोसाइटीका केन्द्रीय अध्यक्ष कंकी क्षेत्रीले पेशगत संगै सामाजिक उत्तरदायित्व बहन गर्न नवनिर्वाचित सफल हुने बताइन् ।
सोसाइटी कास्कीका अध्यक्ष सुनयना पालिखेले सोसाइटीले सामाजिक कार्यका लागी योजना बनाएरै काम गर्ने बताइन् ।
उनले व्यावसाय संगसंगै सामाजिक उत्तरदायित्व पुरा गर्न सोसाइटी लागी पर्ने बताईन् ।
