खानेपानी तथा सरसफाई मन्त्री भन्छन्ः एकबर्ष भित्र घरघरमा धारा

Share:

भक्तपुर, २६ पुस-
खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले सन् २०१७ सम्ममा सबै नेपालीको घरघरमा खानेपानीको धारा पु¥याइने बताएका छन् ।
भक्तपुरमा आयोपजत साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले घरघरमा खानेपानी पु¥याउने कार्यको थालनी भक्तपुरबाटै सुरु गर्ने बताएका हुन् ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले भक्तपुरलाई इन्टी प्वाइन्टको रुपमा लिएर कार्य योजना थालनी गरेकोे उनले बताए ।
मन्त्री सिंहले भक्तपुरको महादेव खोला खानेपानी आयोजना अगाडि बढाएमा काठमाडौँ उपत्यकामा नै खानेपानीमा सहजता आउने बताउँदै खानेपानीको समस्या पहिचान गर्न र निराकणको उपाए खोज्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयलाई निर्देशनसमेत दिए ।

कमेन्ट गर्नुहोस्
Share: