
अछाम, २६ पुस-
अछामकी एक महिलालाई शनिबार बिहान बन्चरो प्रहार गरेर श्रीमान्को हत्या गरेको आरोप लगाइएको छ ।
मलातिकोट–५ ताली निवासी धनादेवी साउदले ३६ वर्षीय श्रीमान् लालबहादुरको हत्या गरेको तथा टाउकामा ठूलो चोट रहेको र कम्बलमा बेरेर भान्सामा लछारेर फालिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
अभियुक्त धनादेवीलाई नियन्त्रणमा लिइएको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप सिंह देउवाले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
