
काठमाण्डौं,२७ पुस।
कार्यदलमा व्यवस्थापिका–संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको भाषा र संघीय प्रदेशको सीमांकन परिमार्जनका लागि बन्ने समितिको कार्यविधिमा छलफल केन्द्रित भएको छ ।
राजनीतिक समिति बनाएर तीन महिनाभित्र सीमांकन परिमार्जन गर्ने प्रमुख दलको प्रस्तावमा मोर्चा सहमत भए पनि समितिकोकार्यविधि र वैधानिकताका विषयमा सहमति भइसकेको छैन ।
कार्यदलका सदस्य उप–प्रधान तथा रक्षा मन्त्री भिम रावलले आजको वार्तामा केही ठोस धारणा बन्न सक्ने र छलफल सहमतिको नजिक रहेको बताए । उनले छलफलमा दुवैतर्फबाट आएका प्रस्ताव अहिले नै बाहिर नल्याउने पनि बताए । बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।
कार्यदल तहमा सहमति जुटेपछि शीर्ष नेताहरुको बैठक बसेर टुङ्गो लगाउने र संविधान संसोधनमार्फत संविधानमा समावेश गरिनेछ ।
