आज २ सय ९४ औं पृथ्वीजयन्ती

Share:

काठमाण्डौं,२७ पुस।
नेपाल एकीकरण गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाहको २ सय ९४ औं जन्मजयन्ती मनाईंदैछ । आज सरकारी स्तरबाट कुनै औपचारिक कार्यक्रम नभए पनि विभिन्न राजनीति दल, नागरिक अगुवा तथा नीजि क्षेत्रको पहलमा भने विभिन्न कार्यक्रम हुँदैछ ।
सरकारमा सहभागि दल राप्रपा नेपालले भने आज चियापान कार्यक्रम राखेको छ । सिंहदरवारको पश्चिम ढोकाको अगाडि रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण तथा एक कार्यक्रम गर्दैछन् ।
यसैवीच नागरिक समाज पोखरा र विभिन्न संघ संस्थाको आयोजनामा पृथ्वीजयन्तीको विषयमा परिचर्चा हुने भएको छ भने राप्रपा नेपाल कास्कीले ¥यालीसहित आमसभाको आयोजना गरेको छ ।
२००७ सालपछि पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाईंदै आए पनि २०६२÷६३ को जनआन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको छ ।
यसपटक पनि मन्त्रिपरिषदमा छलफल भए पनि सहमति नजुटेपछि एकता दिवस मनाउने कार्यक्रम तय नगरिएको हो ।
उप—प्रधानमन्त्रीहरु कमल थापा र सीपी मैनालीले नै मन्त्रिपरिषदमा प्रस्ताव लगे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद बढ्ने भन्दै अस्वीकृत गरेका थिए । तैपनि पृथ्वी नारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उनी दूरदर्शी राजा हुन् भन्ने प्रष्ट हुन्छ । पृथ्वीनारायण शाहको दिव्य उपदेश त्यो बेलाकै भाषामा पढ्न पाइन्छ ।

कमेन्ट गर्नुहोस्
Share: