
काठमाण्डौं,२७ पुस।
आइसिसी अण्डर 19 विश्वकप क्रिकेटको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली टोलीले अफगानिस्तानको अण्डर 19 राष्ट्रिय क्रिकेट टोलीसँग अभ्यास खेल खेल्ने भएको छ ।
भारतको दिल्लीमा आज हुने अभ्यास खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्ने भएको हो ।
यसअघि भारतको हिमाञ्चल प्रदेशमा भएको तीन अभ्यास खेलमा नेपालले दुई खेलमा जित तथा एकमा हार व्यहोरेको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोली बङ्गलादेशमा आगामी माघ ८ गतेदेखि हुने अण्डर 19 विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि प्रशिक्षण तथा अभ्यास खेल खेल्न भारत पुगेको हो ।
विश्वकपमा नेपालसहित १६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
कमेन्ट गर्नुहोस्
