सहमतिका लागि कार्यदल तहमा आज छलफल हुँदै

Share:

काठमाडौ, २८ पुष-
हिजो हुन नसकेको प्रमुख राजनीतिक दल र मधेसी मोर्चाको कार्यदलका बिच आज छलफल हुँदैछ । सरकारी कार्यव्यवस्थताले हिजो बैठक बस्ने तय भएपनि स्थगित भएको थियो । हिजो स्थगित भएको बैठक आज हुन लागेको हो । आज शीर्ष तहमा परामर्श गरेपछि दिउँसो कार्यदलको बैठक बस्नेछ ।

कार्यदलका सदस्य उप–प्रधान तथा रक्षामन्त्री भीम रावलले हिजो कार्यव्यस्तताले बैठक बस्न नसकिएको र आज बैठक बसेर सहमतिका लागि धारणा बन्न सक्ने बताउनुभयो । कार्यदलमा व्यवस्थापिका–संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको भाषा र संघीय प्रदेशको सीमांकन परिमार्जनका लागि बन्ने समितिको कार्यविधिमा छलफल केन्द्रित भएको छ ।

राजनीतिक समिति बनाएर तीन महिनाभित्र सीमांकन परिमार्जन गर्ने प्रमुख दलको प्रस्तावमा मोर्चा सहमत भए पनि समितिको कार्यविधि र वैधानिकताका विषयमा सहमति भइसकेको छैन ।

कमेन्ट गर्नुहोस्
Share: