एक्सपर्ट एजुकेशनको वृहत् सेमिनार पोखरामा सम्पन्न

Share:

पोखरा, पौष २८ ।  एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको वृहत् अष्ट्रेलियन सेमिनार मंगलबार सम्पन्न भएको छ । पोखरामा आयोजित उक्त कार्यक्रम अष्ट्रेलिया जान चाहाने विद्यार्थि र काउन्सेलहरुको उपस्थीतिमा सम्पन्न भएको हो ।

सेमिनारमा एक्सपर्ट एजुकेशन सिड्नीका निर्देशक बद्री अर्यालले यस संस्थाबाट हालसम्म १५०० विद्यार्थी भिषा प्राप्त गर्न सफल भएको जानकारी दिए । साथै एक्सपर्टको शाखा नेपालको ५ स्थान सँगसँगै अष्ट्रेलियाको ५ स्थानमा रहेको बताए ।

यस्तै चाल्स स्टेट युनिर्भर्सिटीका रिजनल डाइरेक्टर मेथ्यु डुरी र एन एस डब्लु टी ए एफ ई का बवी अब्राहमले अष्ट्रेलियाको उचच शिक्षा र भिषा प्रकृयाका बारेमा परामर्श दिए । मेलबर्न शाखाका विजनेश म्यानेजर सरोज शर्मा र काठमाडौं शाखाका सिनियर काउन्सेलर प्रविण शर्माले पनि विद्यार्थीहरुलाइ परामर्थ दिएका थिए ।

पोखरा शाखाका निर्देशक एवं कार्यक्रम संचालक रमेश कुमार थापाले पोखरा शाखामा विद्यार्थीको बाक्लो उपस्थीति हुने गरेको बताए । अष्ट्रेलिया पढ्न जान चाहाने विद्यार्थिहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको उनको भनाई थियो ।

सेमिनारमा २०० बढी विद्यार्थीहरुको उपस्थीति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: