
काठमाडौँ, २९ पुस-
बंगलादेशमा आयोजित बंगबन्धु गोल्डकप अन्तर्गत बुधबार भएको खेलमा नेपालद्धारा श्रीलंका १-० ले पराजित भएको छ । आजको जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो बनेको छ ।
आफ्नो उद्घाटन खेलमा नेपालले मलेसियासँग गोलरहित बराबरी खेलेको थियो । आजको जीतसँगै नेपालले प्रतियोगितामा कूल ४ अंक जोडेको छ ।
नेपालका लागि विमल घर्तीमगरले एकमात्रै गोल गरे ।
नेपालले आगामी खेल अब माघ १ गते बङ्गलादेशसँग खेल्ने भएको छ ।
कमेन्ट गर्नुहोस्
