आहा रारा गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले हिरो ड्यास स्कुटर पाउने

Share:

पोखरा, २९ पुस-
पोखरामा आयोजना हुने १४ औं आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले हिरो ड्यास स्कुटर पाउने भएका छन् ।
पुरस्कारको तीन वर्षको लागि शतप्रतिशत प्रायोजन नेपाल जेनरल मार्केटिङ्ग प्रालीले गरेको छ ।
कम्पनीका पोखरा शाखा प्रमुख उद्धव कुमार मैनाली र प्रतियोगिता आयोजक सहारा क्लब पोखराका अध्यक्ष वीरभद्र आचार्यबीच यससम्बन्धि सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ ।
प्रतियोगिता आउँदो माघ ५ गतेदेखि १६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुँदैछ ।

कमेन्ट गर्नुहोस्
Share: